


दमौली, १२ चैत । जेनजी आन्दोलनको छानबिन गर्न बनेको कार्की आयोगले तनहुँमा भएको आगजनी र तोडफोडमा संलग्नको पहिचान गर्न कठिन भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
भदौ २४ गते सरकारी कार्यालयमा लुटपाट, कर्मचारी निवासमा लुटपाट जस्ता घटना भएकामा कार्यालय तथा निवास वरपरका सिसि क्यामेराहरु समेत प्रदर्शनको क्रममा तोडफोड गरी क्षति पुगेको हुँदा उक्त घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान गर्न कठिन भएको प्रतिवेदनमा उल्लेख छ ।