सन्दर्भ दुई तिहाइको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    सन्दर्भ दुई तिहाइको

    विद्यानाथ ढकाल

    २२ चैत्र २०८२, सोमबार

    राज्यरसरकार सञ्चालनमा सम्बन्धित दलको संसदमा बहुमत अझ दुई तिहाइको शक्तिलाई विशेष रुपमा लिने गरिन्छ । हो गणितीय हिसाबले सरकारका लागि यसको महत्व अझ कार्यसम्पादनमा सहजता आम बुझाईको विषय हो । तर हामीले सँगसँगै बुझ्नुपर्ने कुरा के हो भने गणितीय हिसाबले बहुमतरदुई तिहाइ हुनु नै सबैथोक होइन । हामीले विगतलाई स्मरण गर्दा मात्र पनि हुन्छ । गत भाद्र २४ गतेसम्म नै तत्कालीन प्रधानमन्त्री के। पि। ओलीसँग संसदका पहिलो र दोस्रो ठूला दलका साथ दुई तिहाइको सर्वशक्तिमान भनिएको सरकार थियो । त्यस्तै वि। सं। २०७४ को आम निर्वाचनमा पनि नेकपा ९एमाले० र माओवादी केन्द्रको गठबन्धन ९अझ केही समय पछि त पार्टी एकिकरण भई एउटै पार्टी बनेको०सँग प्रतिनिधि सभामा करिब दुई तिहाइको उपस्थिति थियो । तर ती दुबै ुदुई तिहाइुको अन्तिम अवस्था कस्तो रह्यो भन्ने विषयमा हामी सबै जानकार छौँ ।
    हाम्रा अनुभवहरूले के कुरा पुष्टि गरेका छन् भने गणितीय हिसाबले दुई तिहाइ हुनु मात्रले ढुक्क हुने अवस्था रहँदैन । कुनै पनि सरकार सफलरअसफल हुने कुरा दुई तिहाइले होइन, उसले लिने दृष्टिकोण, कार्यशैली, जनताप्रतिको जवाफदेहिताले निर्धारण गदर्छ । यसर्थ मेरो बुझाइमा :
    – राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र अखण्डताको रक्षा
    – लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध
    – सुशासन, विधिको शासन
    – देश भित्र नै रोजगारी सिर्जना
    – सामाजिक न्याय सहितको समृद्धि
    – शिक्षा, स्वास्थ्यमा आम जनताको सहज पहुँच
    – सभ्य र सुसंस्कृत समाज निर्माण
    – आन्तरिक स्रोत साधनको पहिचानका साथ समुचित उपयोग
    – पूर्वाग्रह रहित न्याय सम्पादन
    – अहङ्कार, दम्भ रहित जनताप्रति विनयशील भावनारकार्यशैली
    – आवश्यकतारप्राथमिकताको सही छनोटका साथ गुणस्तरीय र छिटोछरितो भौतिक पूर्वाधार निर्माणमा पहलकदमी
    – सम्बन्धित दलका नेतारकार्यकर्ताहरू अझ सांसदरमन्त्रीहरूको जीवनशैली, आर्थिक अनुशासन र-जनतासँग गरिने व्यवहार
    जस्ता कुरा नै कुनै पनि सरकार वा सम्बन्धित दलको भविष्य निर्धारण गर्ने विषयहरू हुन् ।