१२ वर्षे सेवामा पहिलोपटक ‘जिरो एब्सेन्स’ रेकर्ड: कन्यादेवी माविका प्रधानाध्यापकको उदाहरणीय समर्पण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    १२ वर्षे सेवामा पहिलोपटक ‘जिरो एब्सेन्स’ रेकर्ड: कन्यादेवी माविका प्रधानाध्यापकको उदाहरणीय समर्पण

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८३, बुधबार

    दमौली, २ वैशाख । आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले शिक्षण सेवाको करिब १२ वर्षे अवधिमा पहिलोपटक ‘जिरो एब्सेन्स’ (शून्य अनुपस्थिति) रेकर्ड कायम गरेका छन्।

    २०८२ सालभरि विद्यालय खुलेका २२९ दिनमध्ये एक दिन पनि विदा नलिई निरन्तर विद्यालय उपस्थित भई उनले ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।

    सेवाकालमा यसअघि कहिलेकाहीँ २/४ दिन विदा लिँदै पनि उत्कृष्ट कार्यसम्पादन गर्दै आएका उनी यसपटक भने कुनै पनि दिन विदा नलिने अठोटसहित निरन्तर विद्यालयमा सक्रिय रहे। विभिन्न असहज परिस्थिति र चुनौतीहरूलाई पार गर्दै उनले यो उपलब्धि हासिल गरेको बताएका छन्।

    उनी उनी हरेक दिन बिहान ९ बजाअघि विद्यालय पुग्ने र बेलुका ६ बजेसम्म विद्यालयमै रहेर प्रशासनिक तथा शैक्षिक कार्यमा खटिने गरेका छन् ।

    विद्यालयका शिक्षक तथा अभिभावकहरूले यस्तो समर्पण र अनुशासनलाई उच्च मूल्यांकन गर्दै अन्यका लागि प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्।