तनहुँ बस दुर्घटना अपडेट : मृतक एक जनाको पहिचान खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ बस दुर्घटना अपडेट : मृतक एक जनाको पहिचान खुल्यो

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०८३, शुक्रबार

    दमौली, ११ वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये एक जनाको पहिचान खुलेको छ ।

    मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–१ बस्ने ६५ वर्षीया जसमाया सुनार रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अर्का मृतक ३० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ ।

    पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाइ सडकमै बस पल्टिँदा दुर्घटना भएको हो ।