भानुमा सवारीसाधन तोडफोड गर्ने युवक नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा सवारीसाधन तोडफोड गर्ने युवक नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८३, शनिबार

    दमौली, १९ वैशाख । भानु नगरपालिका–५ सेपाबगैंचामा गएराति एक युवकले विभिन्न सवारीसाधनमा तोडफोड गरेको घटना सार्वजनिक भएको छ।

    राति करिब १ बजे भानु–६ कटहरेदेखि सेपाबगैंचासम्मको क्षेत्रमा घरअगाडि पार्किङ गरी राखिएका स्कुल बस, इभी गाडी, मोटरसाइकल र स्कुटरमा एक युवकले खुर्पा प्रयोग गरी आक्रमण गर्दै हिँडिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका थिए।

    स्थानीयवासीले नियन्त्रणमा लिएका ती युवकलाई तत्कालनै इलाका प्रहरी कार्यालय भानुलाई बुझाइएको थियो। आफूलाई भानु–७ बसन्तपुर निवासी बताउने उक्त युवक हाल प्रहरी नियन्त्रणमा रहेका छन्।