दमौलीमा भलिबलको महाकुम्भ, चर्चित खेलाडीको खेलले रोमाञ्चक बनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दमौलीमा भलिबलको महाकुम्भ, चर्चित खेलाडीको खेलले रोमाञ्चक बनाउने

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८३, शनिबार

    दमौली, १९ वैशाख । तनहुँको दमौली वैशाख २६ र २७ गते भलिबलमय हुने भएको छ। गण्डकी प्रदेश अन्तरजिल्ला भलिबल प्रतियोगिताले यसपटक खेलप्रेमी दर्शकलाई उच्चस्तरीय प्रतिस्पर्धा र रोमाञ्चक क्षणको अनुभूति गराउने निश्चित देखिएको छ।

    प्रदेशका उत्कृष्ट र चर्चित खेलाडीहरू एउटै कोर्टमा भिड्ने भएपछि खेलको स्तर मात्र होइन, दर्शकको उत्साह पनि चरममा पुग्ने अपेक्षा गरिएको छ। नवलपुरका हिमाल सुनारी, विश्वास अधिकारी (एडी) र अशोक श्रेष्ठले आक्रामक खेल देखाउने तयारीमा छन् भने गण्डकी प्रदेशकै कप्तान समेत रहेका स्याङ्जाका सन्जु विक्रम शाहसहित राजन दर्लामी, सन्जोक परियार र उमेश सेन्चुरीको टिम संयोजनले खेललाई अझ रोमाञ्चक बनाउनेछ।

    त्यस्तै, बागलुङका इन्द्र विक, सन्तोष विक र कुन्जन शाहीको दमदार उपस्थितिले प्रतिस्पर्धा कडा बनाउनेछ भने आयोजक तनहुँका विवश अले (गण्डकी लिफ्टर) घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित उत्रिनेछन्।

    जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेका अनुसार गण्डकीका ११ वटै जिल्लाबाट महिला तथा पुरुष टोलीको सहभागिताले प्रतियोगिता झन् व्यापक र प्रतिस्पर्धात्मक बन्नेछ।

    खेलप्रेमीहरूका लागि यो प्रतियोगिता केवल खेल मात्र नभई उत्सवजस्तै बन्ने देखिएको छ।