तनहुँमा जातीय भेदभावको आरोपमा एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा जातीय भेदभावको आरोपमा एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८३, शनिबार

    दमौली, १९ वैशाख । सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको एक भिडियोका आधारमा तनहुँमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा उजुरी परेपछि एक जना पक्राउ परेका छन् ।

    म्याग्दे गाउँपालिका–१ का मिनबहादुर चंदारो, व्यास नगरपालिका–१३ का विश्व बुडा परियार र व्यास–१ का विनु विश्वकर्माले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदन दर्ता गराएका थिए ।

    उक्त घटनाको आरोपमा अशोकप्रसाद डौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    निवेदन अनुसार “दिपिका” र “ब्रदर्श डटकम” टिकटक एकाउन्टमार्फत सार्वजनिक भिडियोमा ब्रदर्श डटकमका सञ्चालक अशोकप्रसाद डौलियाले ग्राहकसँग जातीय भेदभाव झल्किने व्यवहार गरेको आरोप लगाइएको छ ।

    निवेदनमा जनाइए अनुसार चटपटको स्वादप्रति असन्तुष्टि व्यक्त गरेपछि ती ग्राहकहरूप्रति अपमानजनक व्यवहार गरिएको र ‘दमै, कामी, सार्की’ जस्ता शब्द प्रयोग गरिएको दाबी गरिएको छ। साथै, सामाजिक सद्भाव खल्बलिने खालका अभिव्यक्ति दिएको भन्दै निवेदकहरूले गम्भीर आपत्ति जनाएका छन् ।