


दमौली, २२ वैशाख। ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-११ फेदी बस्ने ५१ वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
निजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।