


दमौली, २२ वैशाख । भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा ७ वटा फूलको डोली भित्रिएको छ । वैशाखको चौथो मंगलबार मन्दिरमा ७ वटा फूलको डोली भित्रिएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले विभिन्न जिल्लाबाट आएका भक्तजनले फूलको डोली चढाएको जानकारी दिए । उनका अनुसार ५ सय बढी भक्तजनले पूजा गरेका छन् ।
सोमबार सत्यनारायणको पूजा गरी मंगलबार मन्दिरमा फूलको डोली भित्र्याउनो प्रचलन छ ।