


दमौली, २२ वैशाख । व्यास नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबारे विदा लागु गर्ने निर्णय गरेको छ ।
मंगलबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले हालका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबार विदा लागू गर्ने निर्णय गरेको हो।
संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै विद्यालयमा त्यसको कार्यान्वयन गर्ने वा नगर्ने विषयमा व्यास नगरपालिकामा व्यापक छलफल गरिएको थियो ।
बैठकले वर्षे विदा तथा स्थानीय विदाबाट कटौती गरी वैकल्पिक व्यवस्था नहुँदासम्म आइतबारे विदा कार्यान्वयन गर्ने निष्कर्ष निकालेको जनाएको छ।