पहिरा पन्छाएर आँबुखैरेनी मुग्लिन सडकखण्ड सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिरा पन्छाएर आँबुखैरेनी मुग्लिन सडकखण्ड सुचारु

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८३, बिहीबार

    दमौली, २४ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक बिहीबार दिउँसो पहिरा खसेर अवरुद्ध भएको सडक पुन: सञ्चालनमा आएको छ । 

    दिउँसो ३ः३० बजे सडकमाथिबाट पहिरा खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको थियो । सडकमाथिबाट ठूला ढुङ्गासहितको पहिरा खसेको थियो । 

    पहिरा पन्छाएर ऑबुखैरेनी मुग्लिन सडकखण्ड सुचारु गराइएको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।