


दमौली, २४ वैशाख । जातीय विभेदको आरोप प्रकरणमा व्यास नगरपालिका–३ स्थित ब्रदर्श चटपटका सञ्चालक अशोक डौलिया र दिपिका खड्काबीचको विवाद टुङ्गिएको छ ।
दुवै पक्षबीच आज भएको छलफलमा डौलियाले गल्ती स्वीकार गरेपछि केही दिनको विवाद सकिएको हो । डौलियाले कहाँ कसरी बोल्ने र के बोल्ने भन्ने पाठ सिकाएको उल्लेख गरेका छन् ।
केही समय अगाडी चटपट खान जाँदा आफूमाथि जातीय विभेदको भएको भन्दै दिपिकाले टिकटकमा भिडिओ पोष्ट गरेकी थिइन् ।