


दमौली, २६ वैशाख । तनहुँको ऋषिङ गाउँपालिकाले घरटहरा नभत्काउने भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले पालिकाभित्र घरटहरा नभत्काउने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रवक्ता विजय दरैले आफना नागरिकलाई सुरक्षित गर्नु राज्यको दायित्व भएको बताउँदै सुकुम्बासी र अव्यवस्थित बसोवास गर्ने नागरिक पनि हाम्रो नागरिक भएको बताए । उनले भने, “केन्द्रीय सरकारले जे निर्देशन गरे पनि ऋषिङ गाउँपालिकाले कुनै पनि आफ्नो नागरिकको घर टहरा भत्काउने छैन, विचलित बनाउने छैन। तर अब सार्वजनिक जग्गा र एलानी जग्गामा नयॉ घर टहरा नबनाउनु हुन हार्दिक अनुरोध गर्दछौ।”