तनहुँ जिल्ला शारीरिक सुगठन सङ्घ गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ जिल्ला शारीरिक सुगठन सङ्घ गठन

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८३, सोमबार

    दमौली, २८ वैशाख । तनहुँ जिल्लामा शारीरिक सुगठन सङ्घ गठन भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँमा सोमबार उक्त सङ्घ गठनका लागि निवेदन दर्ता गरिएकामा समितिले उक्त सङ्घ गठनको प्रमाणपत्र प्रदान गरेको छ ।

    उक्त सङ्घको अध्यक्षमा महेशकुमार श्रेष्ठ, उपाध्यक्षमा भरत श्रेष्ठ, सचिवमा अनिल अधिकारी, सहसचिवमा लक्ष्मी राना दराई, कोषाध्यक्षमा बालकृष्ण आले र सदस्यहरुमा अनिता पाण्डे, कमल दराई, शैलेश रिमाल र शिशिर थापा चयन भएका छन् ।

    उक्त सङ्घ गण्डकी प्रदेश खेलकुद नियमावली २०७८ को नियम ६ को उपनियम (४) नियम ७ को उपनियम (४) बमोजिम दर्ता गरिएको छ ।