ज्योति विकास बैंक म्याग्दे शाखाद्वारा विद्यालयहरूलाई शैक्षिक सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    ज्योति विकास बैंक म्याग्दे शाखाद्वारा विद्यालयहरूलाई शैक्षिक सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८३, शनिबार

    दमौली, ९ जेठ । ज्योति विकास बैंक म्याग्दे शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिकाका विद्यालयहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

    म्याग्दे गाउँपालिका वडा नं. २ स्थित राधा माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको पठनपाठनलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन “यू–सेप टेबल” हस्तान्तरण गरेको हो ।

    यसअघि पनि शाखाले म्याग्दे गाउँपालिका वडा नं. १ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई १ थान ब्राण्डेड कम्प्युटर हस्तान्तरण गरेको थियो ।

    ज्योति विकास बैंक म्याग्दे शाखाका प्रमुख अप्सरा रिमालले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा समुदाय विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिइन् । उनका अनुसार ग्रामीण क्षेत्रका विद्यालयहरूमा प्रविधिमैत्री शिक्षाको विकास तथा विद्यार्थीहरूको सिकाइ वातावरणलाई सहज बनाउन यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

    बैंकको यस सहयोगप्रति विद्यालय परिवार तथा स्थानीयवासीहरूले खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तर भइरहोस् भन्ने अपेक्षा गरेका छन् ।