


दमौली, १२ जेठ । सोमबार साँझ आएको हावाहुरीले तनहुँको व्यास नगरपालिका–४ स्थित प्रसिद्ध तनहुँ कालिका मन्दिर जाने बाटोमा रुख ढाल्दा आवतजावत प्रभावित भएको छ ।
हावाहुरीका कारण मन्दिर जाने पैदलमार्ग क्षेत्रमा धेरै रुखहरु ढलेका छन् ।
स्थानीयका अनुसार केही रुख अझै जोखिमपूर्ण अवस्थामा रहेकाले थप क्षति हुन सक्ने खतरा रहेको छ ।
स्थानीयवासीले सम्बन्धित निकायलाई ढलेका रुख तत्काल हटाउन तथा जोखिमयुक्त रुख व्यवस्थापन गर्न आग्रह गरेका छन् ।