


दमौली, १४ जेठ । जगतगुरु शंकराचार्य श्री श्री विदुशेखर भारतीले वेदव्यास सञ्जीवनी ध्यान प्रतिष्ठानको उद्घाटन गरेका छन्। व्यास ३ मा रहेको उक्त प्रतिष्ठानको उनले विशेष समारोहबीच उद्घाटन गरेका हुन् ।
व्यास जन्मभूमिमा भारतीय जगद्गुरुलाई पहिलो पटक पाइला टेकाउने व्यवस्था वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका प्रमुख ध्यानाचार्य खेमराज अधिकारीले मिलाएका थिए ।