व्यास क्षेत्र, छाव्दी र भानुभक्त जन्मस्थल विकासका लागि केन्द्रबाट करोडौं बजेट विनियोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास क्षेत्र, छाव्दी र भानुभक्त जन्मस्थल विकासका लागि केन्द्रबाट करोडौं बजेट विनियोजन

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८३, बिहीबार

    दमौली, २१ जेठ । तनहुँको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण एवं विकासका लागि केन्द्र सरकारले उल्लेख्य बजेट विनियोजन गरेको छ।

    प्राप्त जानकारी अनुसार पूर्वीय दर्शनका महान अध्येता व्यास ऋषिको जन्मस्थल व्यास क्षेत्र तथा छाव्दी मन्दिर क्षेत्रको विकासका लागि केन्द्र सरकारले एकमुष्ट ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    त्यसैगरी नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको समग्र विकासका लागि २४ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै आदिकवि भानुभक्त आचार्यको नाममा स्थापित भानुभक्त प्राणी उद्यानको विकासका लागि थप २४ करोड ६० लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी प्राप्त भएको छ।

    व्यास ऋषि र आदिकवि भानुभक्त आचार्य नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा परिचित छन्। उनीहरूको सम्मानमा सञ्चालन हुने विकास निर्माणका योजनाले धार्मिक, सांस्कृतिक तथा साहित्यिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरी तनहुँ जिल्लाको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।