दमौली बजारमा सडक पेटी अवरुद्ध हुने गरी बनाइएका संरचना हटाउन निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली बजारमा सडक पेटी अवरुद्ध हुने गरी बनाइएका संरचना हटाउन निर्देशन

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८३, शुक्रबार

    दमौली, २२ जेठ । व्यास नगरपालिकाको कार्यपालिका बैठकले दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्र तथा सडक पेटी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने निर्णय गरेको छ।

    शुक्रबार बसेको कार्यपालिका बैठकले केही व्यवसायीहरूले सडक अधिकार क्षेत्र र सडक पेटी अवरुद्ध हुने गरी पक्की संरचना, बरण्डा तथा टिनका छाना निर्माण गरेको पाइएको भन्दै त्यस्ता संरचना हटाउन ३५ दिनको समयसीमा सहित सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो।

    बैठकले सडक तथा पैदलयात्रुको आवागमनमा बाधा पुग्ने गरी निर्माण गरिएका संरचनाहरू तोकिएको अवधिभित्र सम्बन्धित व्यवसायीले स्वयं हटाउनुपर्ने जनाएको छ। नगरपालिकाले जारी गर्ने सूचनापछि ३५ दिनभित्र संरचना नहटाएमा नगरपालिकाले नै कानुन बमोजिम हटाउने निर्णय गरिएको छ।

    नगरपालिकाले सार्वजनिक सडक, फुटपाथ तथा सडक पेटीको संरक्षण गर्दै व्यवस्थित र सुरक्षित आवागमन सुनिश्चित गर्न अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।