रास्वपा तनहुँ : १ को संयोजकमा रुपाखेती, २ को संयोजकमा बस्याल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा तनहुँ : १ को संयोजकमा रुपाखेती, २ को संयोजकमा बस्याल

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८३, आईतवार

    दमौली, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको अधिवेशन अन्तर्गत दुवै क्षेत्रीय संयोजक सर्वसम्मत निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ को संयोजकमा शशी रुपाखेती र २ को संयोजकमा सुन्दर बस्याल निर्वाचित भएका छन् ।

    क्षेत्र नम्बर १ को संयोजकका लागि कृष्णप्रसाद पन्त (बासु), विश्वराज न्यौपाने र जगराम गुरुङले उम्मेदवारी फिर्ता लिएका थिए ।

    क्षेत्र नम्बर २ को संयोजकमा भने बस्यालको मात्रै उम्मेदवारी परेको थियो ।