


दमौली, २६ जेठ । तनहुँमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भूमि समस्या समाधान समिति गठन हुने भएको छ । सरकारले केन्द्रीय भूमि समस्या समाधान समिति गठन गरी जिल्लास्तरमा पनि समिति गठन प्रक्रिया अगाडी बढाएको छ।
जसअनुसार तनहुँमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन हुनेछ । समितिमा जिल्ला समन्वय अधिकारी, भूमि प्रशासन कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, प्रशासनका अधिकृत, प्रजिअले तोक्ने स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनेछन् भने नापीका प्रमुख सदस्य सचिव रहनेछन् ।
