‘जिम्मेवार पत्रकारिताले आत्महत्या रोकथाममा सहयोग पुग्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘जिम्मेवार पत्रकारिताले आत्महत्या रोकथाममा सहयोग पुग्छ’

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८३, मंगलवार

    दमौली, २६ जेठ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले मङ्गलबार मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी संवेदनशील रिपोर्टिङका लागि सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

    कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले आत्महत्या रोकथामका रणनीति, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यमले अपनाउनुपर्ने जिम्मेवार पत्रकारिताका विषयमा जानकारी गराएका थिए।

    उनले आत्महत्या सम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा संवेदनशीलता अपनाउनुपर्ने उल्लेख गर्दै जनचेतना अभिवृद्धि र रोकथामका उपायबारे जानकारी प्रवाह गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताए। दवाडीले मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्दै आत्महत्या रोकथामका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको धारणा राखे।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेले आत्महत्या सम्बन्धी घटनाको समाचार सम्प्रेषण गर्दा पत्रकारले जिम्मेवार र संवेदनशील ढङ्गले प्रस्तुत गर्नुपर्ने बताए। उनले तथ्यपरक र सचेतनामूलक पत्रकारिताले आत्महत्या नियन्त्रण तथा रोकथामका प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गरे।

    सञ्चारकर्मीहरूलाई लक्षित गरी आयोजित अभिमुखीकरण कार्यक्रममा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामका विषयमा जानकारी आदानप्रदान गर्नुका साथै जिम्मेवार रिपोर्टिङका अभ्यासबारे छलफल गरिएको थियो।