


दमौली, २६ जेठ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ दुन्दुरेघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेती नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोमबार उक्त सवारी साधनलाई कारवाहीका लागि शुक्लागण्डकी नगरपालिका पठाइएकामा रु १२ हजार जरिवाना गरिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।