वित्तीय हस्तान्तरणमार्फत् तनहुँमा २५ करोड ९१ लाख कम बजेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वित्तीय हस्तान्तरणमार्फत् तनहुँमा २५ करोड ९१ लाख कम बजेट

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८३, मंगलवार

    दमौली, २६ जेठ । तनहुँ जिल्लामा आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् चालु वर्ष भन्दा २५ करोड ९१ लाख कम बजेट विनियोजन भएको छ ।

    चालु वर्षका लागि ४ अर्ब ८२ करोड ३८ लाख विनियोजन भएकामा आगामी वर्ष २०८३/८४ का लागि ४ अर्ब ५६ करोड ४७ लाख विनियोजन भएको छ ।

    अर्थ मन्त्रालयले पालिकाहरुलाई समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान भनेर बजेट विनियाेजन गर्ने गरेकेा छ ।

    वित्तीय हस्तान्तरण मार्फत् आगामी आर्थिक वर्षका लागि व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकाकाे बजेट घटेकाे छ भने भिमाद नगरपालिका, आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका बन्दीपुर गाउँपालिकाकाे बजेट केही बढेकाे छ ।