


दमौली, १ असार । भानु नगरपालिकामा एउटै योजनामा दुई उपभोक्ता समिति बनाएर रु १९ लाख भन्दा बढी अनियमित भएको भेटिएको छ । गत आर्थिक वर्षमा एउटै योजनामा दुई उपभोक्ता समिति गठन गरी रु १९ लाख ८८ हजार दुई सय भुक्तानी गरेको र सो रकम अनियमित भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ मा रु दश लाखसम्मको लागत अनुमान भएको निर्माण कार्य वा मालसामान सोझै खरिद गर्न सकिने, नियम ८४ मा रु २० लाखसम्म लागत अनुमान भएको मालसमान तथा निर्माण कार्य सिलबन्दी दरभाउपत्र मार्फत् खरिद गर्नुपर्ने र नियम ३१ मा रु २० लाख भन्दा बढी लागत अनुमान भएको निर्माण कार्य वा जुनसुकै सेवा खरिद गर्नुपर्दा बोलपत्र मार्फत् खरिद गर्नुपर्ने व्यवस्था छ । पालिकाले खरिद योजना तथा एकै प्रकृतिको सामग्रीको प्याकेज नबनाई पटक पटक खरिद गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
कोटगाउँ खानेपानी योजनामा दुई वटा उपभोक्ता समिति गठन गरी भुक्तानी गर्दा रकम अनियमित भएको प्रतिवेदनमा उल्लेख छ ।
