तनहुँमा अवैध काठ ओसारपसारमा संलग्न दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा अवैध काठ ओसारपसारमा संलग्न दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १ असार २०८३, मंगलवार

    दमौली, २ असार । तनहुँ प्रहरीले अवैध रूपमा सालको काठ ओसारपसार गर्दै गरेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत रहेको इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरी टोलीले मंगलबार देवघाट गाउँपालिका–५ स्थित देउती खोलाको भित्री सडक खण्डमा सवारी जॉच गर्ने क्रममा उक्त कारबाही गरेको हो।

    प्रहरीका अनुसार जॉचका क्रममा एउटा ट्याक्टरमा अवैध रूपमा लोड गरी ढुवानी गरिँदै गरेको ५४.५० क्यु फिट सालको काठ फेला परेको थियो। काठसहित ट्याक्टर र ढुवानीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    नियन्त्रणमा लिइएका व्यक्ति, ट्याक्टर तथा बरामद काठलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय देवघाट बुझाइएको उनले बताए ।