


काठमाडौँ ३ असार । पठाओ नेपालले आफ्नो मोबाइल एपमा रहेको पठाओ बजार सेवामार्फत सौन्दर्य, कस्मेटिक्स तथा व्यक्तिगत हेरचाह सामग्रीमा आकर्षक छुटसहित ‘ब्युटी मेला’ सुरु गरेको छ ।
कम्पनीका अनुसार यो मेला जुन १६ देखि २१ दिनसम्म सञ्चालन हुनेछ । मेला अवधिभर ग्राहकहरूले पठाओ बजार मार्फत सौन्दर्य सामग्री, स्किनकेयर, मेकअप तथा व्यक्तिगत हेरचाहसम्बन्धी विभिन्न उत्पादनमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
पठाओ बजारमा उपलब्ध विभिन्न ब्रान्डका उत्पादनहरूमा फरक–फरक छुट तथा विशेष अफर उपलब्ध हुने कम्पनीले जनाएको छ । ‘ब्युटी मेला’ अभियानमार्फत ग्राहकहरूले दैनिक प्रयोगमा आउने व्यक्तिगत हेरचाहका सामग्रीदेखि सौन्दर्य प्रसाधनका अत्यावश्यक उत्पादनहरू सहज रूपमा अर्डर गर्न सक्नेछन् ।
कम्पनीका अनुसार इन्स्ट्यान्ट डेलिभरी सेवा पठाओ बजारको प्रमुख आकर्षणमध्ये एक हो । यस सेवामार्फत ग्राहकहरूले आफूलाई आवश्यक सौन्दर्य तथा व्यक्तिगत हेरचाहका सामग्री छिटो, सहज र भरपर्दो रूपमा घरमै प्राप्त गर्न सक्नेछन् ।
पठाओ नेपालले आफ्नो बजार सेवामार्फत दैनिक आवश्यक उपभोग्य सामग्री, सौन्दर्य सामग्री तथा व्यक्तिगत हेरचाहका उत्पादनहरू ग्राहकसम्म छिटो र सहज रूपमा पुर्याउने उद्देश्य राखेको जनाएको छ ।
कम्पनीका अनुसार ‘ब्युटी मेला’ले ग्राहकलाई सुविधाजनक किनमेलको अनुभव प्रदान गर्नुका साथै विभिन्न ब्रान्डका उत्पादनहरूमा आकर्षक छुटको अवसर उपलब्ध गराउनेछ । साथै, आगामी दिनमा पनि पठाओ बजार मार्फत यस्तै अभियान सञ्चालन गर्दै ग्राहकलाई थप मूल्य, सुविधा तथा आकर्षक अफर उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ ।