


दमौली, ३ असार । तनहुँका स्थानीय तहले गण्डकी प्रदेश सरकारबाट रु २४ करोड १३ लाख १५ हजार अनुदान पाउने भएका छन् । अन्तरसरकारी वित्तीय हस्तान्तरण मार्फत् जिल्लाका दश स्थानीय तहले उक्त अनुदान पाउने भएका हुन् । स्थानीय तहले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान पाउने गर्छन् ।
जसअनुसार भानु नगरपालिकाले रु दुई करोड ८३ लाख ५१ हजार, भिमाद नगरपालिकाले रु दुई करोड २२ लाख ९९ हजार, व्यास नगरपालिकाले रु तीन करोड ३५ लाख ५९ हजार र शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड ९३ लाख ५४ हजार पाउनेछ ।

आँबुखैरेनी गाउँपालिकाले रु दुई करोड १६ लाख ८८ हजार, ऋषिङ गाउँपालिकाले रु दुई करोड २६ लाख ५६ हजार, घिरिङ गाउँपालिकाले रु दुई करोड पाँच लाख ५१ हजार, देवघाट गाउँपालिकाले रु एक करोड ९७ लाख एक हजार, म्याग्दे गाउँपालिकाले रु दुई करोड २१ लाख २२ हजार र बन्दीपुर गाउँपालिकाले रु दुई करोड दश लाख ३४ हजार पाउनेछन् ।
