


दमौली, ३ असार । गायक तथा सर्जक संजिब सिंह रानाको नयाँ गीत ‘तितो छ कि गुलियो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा शब्द, संगीत तथा स्वर स्वयं संजिब सिंह रानाकै रहेको छ।
म्युजिक भिडियोको निर्देशन सुजन थापाले गरेका छन्। भिडियोमा चाहाना राना मगर र शोभा थापा महिला मोडेलका रूपमा तथा संजिब सिंह राना र सन्तोष थापा मगर पुरुष मोडेलका रूपमा अभिनय गरेका छन्।
गीतको भावअनुसार तयार पारिएको भिडियोले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।
संगीत क्षेत्रमा सक्रिय संजिब सिंह रानाको यस नयाँ सिर्जनाले नेपाली सांगीतिक क्षेत्रमा थप चर्चा बटुल्ने विश्वास गरिएको छ ।