


दमौली, ३ असार । गत शुक्रबार शुक्लागण्डकी नगरपालिका-७ शेरामा स्कुटर दुर्घटनामा परेर घाइते भएका दमौलीका ३१ वर्षीय अरुण न्यौपानेको मृत्यु भएको छ ।
गम्भीर घाइते उनको मंगलबार राति काठमाडौमा उपचारका क्रममा मृत्यु भएको हो । मणिपाल शिक्षण अस्पतालबाट शनिबार थप उपचारका लागि काठमाडौ लगिएको थियो । उनको बुधबार पशुपतिमा दाहसंस्कार गरिएको उनका आफन्त शान्तराम न्यौपानेले जानकारी दिए ।
