


दमाैली, ३ असार । व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीको बुधबार व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका छन् । साेही अवसरमा गजुरे स्वास्थ्य चौकीमा स्थापना गरिएको नयाँ प्रयोगशालाकाे वडाध्यक्ष सुरेश थापाले उद्घाटन गरे ।
प्रयाेगशाला सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिकहरूले आधारभूत परीक्षण सेवाहरू स्वास्थ्य चौकीबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्। गजुरे स्वास्थ्य चौकीले विशेषगरी व्यास नगरपालिका वडा नम्बर ७, ९ र १० का नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
सो अवसरमा स्वास्थ्य चौकी स्थापनामा योगदान पुर्याउनुहुने जग्गादाताहरूलाई सम्मान समेत गरिएको छ।