जोनाथन डेभिडको ह्याट्रिकमा कतारविरूद्ध क्यानडाले रच्यो इतिहास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जोनाथन डेभिडको ह्याट्रिकमा कतारविरूद्ध क्यानडाले रच्यो इतिहास

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८३, शुक्रबार

    काठमाडौं, ५ असार । क्यानडाले समूह ‘बी’ को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । विश्वकपमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजयी भएको हो ।

    कतारविरूद्धको खेल क्यानडाले निकै फराकिलो अन्तरले जित्यो । क्यानडाले कतारलाई ६-० मा स्तब्ध बनाएको हो । सन् १९८६ मा पहिलोपटक क्यानडा विश्वकपमा सहभागि भएको थियो । त्यसपछि २००२ मा विश्वकपमा सहभागि भयो । यी दुवै संस्करणमा क्यानडाले समूह चरणका खेलमा जित निकाल्न सकेको थिएन । क्यानडाले बनाएको ६ -० स्कोर हालसम्मकै उच्च हो।

    क्यानडाका लागि पहिलो हाफको १६ औँ मिनेटमा क्लाइल केरिनले पहिलो गोल गरे । पहिलो हाफको ३९ औँ मिनेटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षणअघि फेरि दोस्रो गोल गरे । पहिलो हाफमा कतारविरुद्ध क्यानडाले ३-0 को अग्रता लियो ।

    पहिलो हाफको ३३ औँ मिनेटमा कतारका होमाम अहमदले रेड कार्ड पाएपछि कतार १० जनामा सिमित भयो । खेलको ५५ औँ मिनेटमा कतारका अर्का खेलाडी असिम ओमामिदोलाई पनि रेफ्रीले रेड कार्ड थमाए । त्यसपछि कतार नौ जनामा सिमित रह्यो ।

    ६३ औँ मिनेटमा लियाम मिलरले क्यानडाका लागि गोल गरे । खेलको ७४ औँ मिनेटमा कतारले आत्मघाती गोल गर्दा स्कोर ५-0 बन्यो । क्यानडाका ताजन बुकानमको प्रहारलाई रोक्न खोज्दा कतारका मोहम्मद मुनाइको खुट्टामा छोएको बलले जाली चुम्न पुग्यो।

    खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाए । त्यसपछि क्यानडा ६-0 ले विजयी भएको हो ।  जितसँगै क्यानडाले अंक तालिकामा चार अंक जोडेको छ । यसअघि समूह चरणको पहिलो खेलमा  बोस्नियाहर्जगोभिनासँग बराबरी गर्दै क्यानडाले १ अंक जोडेको थियो ।