हाइटीमाथि ब्राजिलको सहज जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    हाइटीमाथि ब्राजिलको सहज जित

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८३, शनिबार

    काठमाडौ, ६ असार । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान फिलाडेल्फियामा भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गरेको छ। ब्राजिलका म्याथियस कुन्हाले २३औँ र ३६औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई मजबुत अग्रता दिलाए भने भिनिसियस जुनियरले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपे।

    दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन र ब्राजिलले खेलभर बलमा पूर्ण नियन्त्रण कायम राख्यो। हाइटीले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन। ब्राजिलले थप दुई गोल गरे पनि ती अफसाइडका कारण मान्यता पाएनन्।