देवघाटमा चट्याङ लागेर ६ चौपायाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा चट्याङ लागेर ६ चौपायाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८३, शनिबार

    दमौली, ६ असार । तनहुँको देवघाट गाउँपालिका–५ शिखरमा चट्याङ लागेर ६ वटा चौपायाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार राति करिब ९ः३० बजे स्थानीय ५५ वर्षीय भविलाल गुरुङको गाईगोठमा चट्याङ परेको थियो। घटनाको जानकारी शनिबार बिहान इलाका प्रहरी कार्यालय देवघाटमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

    प्रहरीको प्रारम्भिक विवरणअनुसार चट्याङ लागेर ४ वटा बोका, १ वटा खसी र १ वटा गाईको मृत्यु भएको छ। घटनाबाट मानवीय क्षति नभएको तथा घर र गोठमा अन्य कुनै क्षति नपुगेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।