तनहुँमा पहिलो पटक प्रदेशस्तरीय हक्की प्रतियोगिता, स्याङ्जा र तनहुँ च्याम्पियन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा पहिलो पटक प्रदेशस्तरीय हक्की प्रतियोगिता, स्याङ्जा र तनहुँ च्याम्पियन

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८३, शनिबार

    दमौली, ६ असार । तनहुँ हक्की सङ्घको आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा पहिलो पटक शनिबार प्रदेशस्तरीय महिला तथा पुरुष हक्की प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रतियोगिता पुरुषतर्फ स्याङ्जा प्रथम भएको छ । प्रतियोगितामा स्याङ्जा र कास्कीले समान ९–९ अङ्क प्राप्त गरे पनि गोल अन्तरका आधारमा स्याङ्जा प्रथम बन्न सफल भएको हो ।

    यस्तै महिलातर्फ तनहुँ जिल्ला प्रथम भएको छ । तनहुँले स्याङ्जालाई ६–५ अङ्कले पराजित गरेको छ ।

    प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः रु सात हजार र रु पाँच हजार प्रदान गरिएको तनहुँ हक्की सङ्घका अध्यक्ष कविराज श्रेष्ठले जानकारी दिए ।

    पुरुष र महिलतर्फ तनहुँ, कास्की, स्याङ्जा र पर्वत जिल्लाको सहभागिता रहेको थियो ।

    सङ्घका अध्यक्ष श्रेष्ठले तनहुँमा पहिलो पटक प्रदेशस्तरीय हक्की प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु जिल्लाको खेलकुद क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न, हक्की खेलप्रति युवाको आकर्षण बढाउन तथा जिल्लामा हक्की खेलको विकास र विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    अध्यक्ष श्रेष्ठले आगामी दिनमा अझ व्यवस्थित र बृहत् स्तरमा प्रतियोगिता सञ्चालन गर्दै हक्की खेललाई विद्यालय तथा समुदायस्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको समेत बताए ।