भदौ १ देखि तनहुँमा राष्ट्रिय परिचयपत्र सेवा बिहान ९ देखि साँझ ५ बजेसम्म
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भदौ १ देखि तनहुँमा राष्ट्रिय परिचयपत्र सेवा बिहान ९ देखि साँझ ५ बजेसम्म

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८३, शनिबार

    दमौली, ३० साउन । राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने तथा कार्ड लिने सेवाग्राहीको चापका कारण बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय तनहुँको राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अब नियमित कार्यालय समयअनुसार सञ्चालन हुने भएको छ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १ गतेदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रवाह गरिने जनाएको छ।

    कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई सोहीअनुसार सेवा लिन अनुरोध गरेको छ।