


दमौली, ३० साउन । व्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिरमा आयोजना गर्ने भनिएको युवा जागरण भजन–कीर्तन कार्यक्रम मौसम प्रतिकूल भएका कारण स्थगित भएको छ। कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भए पनि वर्षाका कारण निर्धारित समयमा कार्यक्रम सञ्चालन गर्न नसकिएको तेजप्रसाद लामिछानेले बताए ।
कार्यक्रम सम्पन्न गर्न दिनभर खटिएका दुर्गा भवानी मन्दिर संरक्षण समिति, सृजना टोल विकास समिति तथा सृजना आमा समूहलाई उनले विशेष धन्यवाद व्यक्त गरेका छन्। ।
कार्यक्रमका लागि विभिन्न स्थानबाट भजन टोली तथा भक्तजनहरू कार्यक्रमस्थलसम्म पुगे पनि मौसमका कारण कार्यक्रम सञ्चालन हुन नसकेकोमा उनले दुःख व्यक्त गरेका छन् । स्थगित कार्यक्रमलाई अझ भव्य, सभ्य र व्यवस्थित रूपमा आगामी शनिबार सोही समयमा आयोजना गरिने उनले बताए ।