अबिरल वर्षाले भिमादमा घरमा क्षति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अबिरल वर्षाले भिमादमा घरमा क्षति

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८३, आईतवार

    दमौली, ३१ साउन । तनहुँको भिमाद नगरपालिका–३ सुनाकोटमा अबिरल वर्षाका कारण एक घरमा क्षति पुगेको छ। शनिबार राति करिब ९ बजे विष्णुकुमार श्रेष्ठको ढुंगा–माटोले बनेको तीनतले कच्ची घरको पछाडिपट्टिको गाह्रो भत्किएपछि घर बस्न नमिल्ने गरी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ।

    घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भिमादबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकबहादुर क्षेत्रीको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनामा मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।