तनहुँमा ३ हजार १४९ भारतीय सवारी चालकलाई सडक सुरक्षा सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ३ हजार १४९ भारतीय सवारी चालकलाई सडक सुरक्षा सचेतना

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८३, आईतवार

    दमौली, ३१ साउन । तनहुँमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा भारतीय सवारी साधनका चालकलाई सडक सुरक्षा सम्बन्धी सचेतना दिँदै आएका छन्।

    साउन महिनामा दैनिक बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म जिल्लाका ६२ स्थानमा सञ्चालन गरिएको कार्यक्रममा ३ हजार १४९ वटा सवारी साधनका चालकलाई सडकको अवस्था, गति नियन्त्रण र मौसमको अवस्थालगायतका विषयमा सचेत गराइएको प्रहरीले जनाएको छ।

    यसअघि असार महिनामा ३८ स्थानमा सञ्चालन गरिएको कार्यक्रममा ३ हजार १४८ वटा सवारी साधनका चालकलाई सचेतना दिइएको थियो। प्रहरीले राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि चालक सचेतना अभियानलाई निरन्तरता दिएको जनाएको छ।