


दमौली, ३१ साउन । अविरल वर्षाका कारण तनहुँको भिमाद नगरपालिका–३ सुनाकोटमा एक घर पूर्णरूपमा भत्किएको छ । शनिबार परेको वर्षाका कारण स्थानीय रामकुमार श्रेष्ठको घर भत्किएको हो । घर भत्किएपछि श्रेष्ठको परिवारले वैकल्पिक बासको व्यवस्था गरी आश्रय लिएको छ ।
वडाध्यक्ष पदम सेन ठकुरीले आफूले प्राप्त गर्ने सुविधामध्येबाट रु १५ हजार आज पीडित परिवारलाई सहयोग गर्नुभएको छ । घर पूर्णरूपमा क्षति भएपछि श्रेष्ठ परिवारलाई सुरक्षित र स्थायी बासस्थानको व्यवस्था गर्न थप सहयोग आवश्यक देखिएकाले तत्कालका लागि केही रकम सहयोग गरेको ठकुरीले बताए ।
स्थानीय तह तथा सम्बन्धित सरकारी निकायबाट आवश्यक राहत, पुनःस्थापना तथा आवास व्यवस्थापनमा सहयोगको पहल गर्ने उनले बताए ।