कांग्रेसका चार केन्द्रीय सदस्य क्षेत्रीय प्रतिनिधिमा निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेसका चार केन्द्रीय सदस्य क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८३, आईतवार

    तनहुँ, ४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको वडा अधिवेशनबाट तनहुँका चार जना केन्द्रीय सदस्य क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।

    वडा अधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्ले व्यास–५, चिनु पोख्रेल भानु–५, प्रकाश पन्थ व्यास–१ र गोविन्द भट्टराई व्यास–११ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्।

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहबाट क्षेत्रीय प्रतिनिधि चयन गर्ने क्रममा उनीहरू निर्वाचित भएका हुन्।