जेसीआई साइनिङ स्टारमा वाराही आवासीय माविका विद्यार्थीको उत्कृष्ट प्रदर्शन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेसीआई साइनिङ स्टारमा वाराही आवासीय माविका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८३, सोमबार

    तनहुँ ५ असाेज । जेसीआई साइनिङ स्टार २०८३ मा व्यास नगरपालिका-३ स्थित वाराही आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको गौरव बढाएका छन्।

    प्रतियोगितामा विद्यालयका संस्कार खाँणले जेसीआई साइनिङ स्टार २०८३ को विजेता बन्नुका साथै मोस्ट कन्फिडेन्ट अवार्ड समेत प्राप्त गरेका छन्। त्यस्तै समृद्धि श्रेष्ठले फर्स्ट रनरअपको उपाधि हासिल गरेकी छन्।

    विद्यालयका विद्यार्थी सुशन आले मगरले आउटस्ट्यान्डिङ पर्सनालिटी अवार्ड प्राप्त गरेका छन्। त्यस्तै रुमिना शाही ठकुरीले बेस्ट ड्रेस्ड कन्टेस्टेन्ट, सोजिना थापा मगरले फोटोजेनिक एक्सिलेन्स अवार्ड तथा आस्था पाण्डे क्षेत्रीले आउटस्ट्यान्डिङ प्रोजेक्ट प्रिजेन्टेसन अवार्ड प्राप्त गरेका छन्।

    विद्यार्थीहरूको सफलताप्रति विद्यालयले खुसी व्यक्त गर्दै उनीहरूको प्रतिभा, आत्मविश्वास, मेहनत, सिर्जनशीलता तथा लगनशीलताको परिणाम भएको जनाएको छ।