


पोखरा, ५ असोज । साभ नेपाल पोखरामा केन्द्रीय कार्यालय रहेको Social Awareness Through Audio & Visual) ले विद्यार्थी, अभिभावक, शिक्षक, युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई लक्षित गर्दै विविध विषयमा मोटिभेसनल तथा क्षमता विकाससम्बन्धी कक्षा सञ्चालन गर्दै आएको छ।
व्यक्तिको मानसिक, भावनात्मक, शैक्षिक तथा नेतृत्व क्षमता विकाससँगै दैनिक जीवनमा आवश्यक व्यावहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले कक्षाका विषयहरू निर्धारण गरिएको साभ नेपालले जनाएको छ।
साभ नेपालका अनुसार प्रशिक्षणअन्तर्गत तनाव व्यवस्थापन, भावनात्मक बुद्धिमत्ता, असल अभिभावकत्व, लक्ष्य निर्धारण, सकारात्मक सोच, जीवन मूल्य तथा सपनाको शक्ति जस्ता विषयमा कक्षा सञ्चालन गरिनेछ। त्यसैगरी किशोरावस्थामा देखिने समस्या तथा चुनौती, आत्मविश्वास निर्माण, नेतृत्व विकास र सार्वजनिक वक्तृत्वकलालाई पनि प्रशिक्षणको महत्वपूर्ण विषयका रूपमा समेटिएको छ।
विद्यार्थीलाई लक्षित गर्दै स्मार्ट अध्ययन कला, SEE Boost Up तथा बहुबुद्धि सिद्धान्त (Multiple Intelligences) सम्बन्धी कक्षा सञ्चालन गरिनेछ। यी विषयमार्फत विद्यार्थीलाई अध्ययनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न, आफ्नो क्षमता पहिचान गर्न तथा परीक्षाको तयारीलाई व्यवस्थित बनाउन सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
त्यस्तै, शिक्षक तथा शैक्षिक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि कक्षाकोठा व्यवस्थापन, शिक्षणमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग तथा ‘शिक्षक हुनुको गौरव’ लगायतका विषयमा केन्द्रित प्रशिक्षण सञ्चालन गरिनेछ। बदलिँदो प्रविधि र शिक्षण पद्धतिसँग शिक्षकलाई परिचित गराउँदै शिक्षणलाई थप प्रभावकारी र व्यावहारिक बनाउने विषयमा प्रशिक्षण केन्द्रित रहने बताइएको छ।
साभ नेपालले कार्यक्रम सञ्चालन विधि, सार्वजनिक वक्तृत्वकला, आत्मविश्वास निर्माण तथा नेतृत्व विकास जस्ता विषयलाई पनि प्रशिक्षण कार्यक्रमको दायरामा राखेको छ। विशेषगरी मञ्चमा प्रस्तुत हुने, आफ्ना विचार स्पष्ट रूपमा व्यक्त गर्ने तथा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने सीप विकासमा समेत प्रशिक्षण केन्द्रित हुनेछ।
साभ नेपालले आवश्यकता र सहभागीको प्रकृतिअनुसार प्रशिक्षणका विषयवस्तु थप गर्दै लैजाने जनाएको छ। विद्यार्थी, अभिभावक, शिक्षक, युवा तथा समुदायका विभिन्न वर्गमा सकारात्मक सोच, जीवनोपयोगी सीप, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ।
SAAV Nepal (Social Awareness Through Audio & Visual) सामाजिक चेतना, व्यक्तित्व विकास, शिक्षा, प्रशिक्षण तथा सकारात्मक सोच प्रवर्द्धनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्था हो।
स्मरण रहोस, साभ नेपालको अगुवाइमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा धेरै काम भएका छन् । हालसम्म नेपालका ८० भन्दा बढी पालिकाका १ लाख भन्दा बढी बालबालिकाले साभ नेपालद्वारा तयार गरिएका पाठ्यक्रम र पाठ्यपुस्तक प्रयोग गरिरहेका छन् । त्यसैगरी यस संस्थाले स्थानीय तहका विभिन्न जातजातिका सामाजिक सांस्कृतिक अनुसन्धानका काम पनि गरिरहेको छ । साभ नेपालद्वारा स्याङ्जा लगायतका अन्य जिल्लामा पनि कार्यालय स्थापना गरी कार्यक्रमहरू विस्तार गर्ने योजना रहेको अध्यक्षले जानकारी गराए।