


काठमाडौ, ९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी नेपालको मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश रहेको बताएका छन् । राष्ट्रसंघको ८१ औं महासभामा उनले सोधे, ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ? ‘
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अभिव्यक्ति उद्धृत गर्दै उनले विज्ञान जगतले समयदेखि यस्तो संकटको चेतावनी दिएको बताए ।