बन्दीपुरमा पहिरोले घर तथा बाख्राको खोर जोखिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा पहिरोले घर तथा बाख्राको खोर जोखिममा

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८३, आईतवार

    तनहुँ ११ असाेज । तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेमा पहिरोका कारण एक घर तथा बाख्राको खोर जोखिममा परेको छ।आइतबार बिहान करिब २ः३० बजे स्थानीय पूर्णबहादुर थापाको घरको अगाडिको भागमा पहिरो खसेपछि घर तथा बाख्राको खोर जोखिममा परेको हो।

    घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी डुम्रेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। पहिरोका कारण घरको आँगनमा क्षति पुगे पनि मानवीय तथा अन्य भौतिक क्षति भएको छैन।जोखिममा रहेको घरमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने पहल भइरहेको प्रहरीले जनाएको छ।