


धादिङ, २४ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा त्रिशूली नदीको कटानले सडक भासिएपछि अवरुद्ध यातायात आज राति ९ बजेदेखि एकतर्फी सञ्चालन गर्ने तयारी गरिएको छ ।
सडक विभागका अनुसार भोलि बिहान ७ बजेदेखि सडक विस्तारको काम सुरु गरी मौसम र अन्य परिस्थिति अनुकूल रहेमा साँझ ६ बजेसम्म दुईतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
सडक विभागले सडक सुरक्षित रूपमा सञ्चालनमा नआएसम्म अनावश्यक यात्रा नगर्न तथा ट्राफिक व्यवस्थापनसम्बन्धी निर्देशन पालना गर्न यात्रु र सवारी चालकलाई आग्रह गरेको छ ।