विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८३, आईतवार

    काठमाडौ, २५ असोज । आइसीसी विश्वकप लिग टु अन्तरगत आफ्नो अन्तिम सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । आइतबार ओमान भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्‍यो ।

    २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो । उसका लागि एरोन जोनसनले सर्वाधिक ४४ रन बनाए भने समित गोहेलले ३५, अखिल कुमारले २९, कप्तान हम्जा तरिक र श्रेयस मोभ्भाले सम्मान २६ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने, ललित नारायण राजवंशी, करण केसी, नन्दन यादवले समान २–२ विकेट लिए भने एक विकेट लिए ।