तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८३, सोमबार

    तनहुँ, २६ असोज । जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई हजार २२० मतदाता नामावली हटाएको छ । दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो ।

    कार्यालयले मतदाता नामावली दोहोरिएकाहरूको नामावली अद्यावधिक गरेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । जिल्लास्थित भानु, शुक्लागण्डकी, व्यास र भिमाद नगरपालिका तथा ऋषिङ, आँबुखैरेनी, बन्दीपुर, घिरिङ, म्याग्दे र देवघाट गाउँपालिकाका दोहोरो मतदाता नामावली हटाइएको उनले बताए ।

    गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएको थियो ।