अन्तिम क्षणमा चमत्कारिक पुनरागमन, व्यास–१ फाइनलमा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अन्तिम क्षणमा चमत्कारिक पुनरागमन, व्यास–१ फाइनलमा प्रवेश

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०८३, मंगलवार

    तनहुँ, १७ कात्तिक । प्रथम व्यास मेयर कप फुटबल प्रतियोगितामा व्यास नगरपालिका–१ रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

    व्यास नगरपालिका–१ र ६ बीच भएको दोस्रो सेमिफाइनल खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । खेलमा एक गोलले पछि परेको व्यास–१ ले अन्तिम केही सेकेण्ड मात्र बाँकी रहँदा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो ।

    त्यसपछि भएको ट्राइबेकरमा व्यास–१ ले व्यास–६ लाई ७–६ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

    अब उपाधिका लागि व्यास–१ र व्यास–८ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल आज दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।