


दमौली, २४ साउन । ५२औँ भूसंरक्षण दिवसको अवसरमा तनहुँमा वृक्षारोपण कार्यक्रम गरिएको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालय र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा पानी सङ्कलन ट्याङ्की क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।
डिभिजन वन कार्यालय तनहुँको सहयोगमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेल, भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सन्त तामाङलगायतको सहभागिता रहेको थियो।